Header Ads Widget

Header Banner
Header Ad

दीपक नेपाल को कविता "विश्वासको अभाव"


आजभोलि विश्वास

पानीमा लेखिएको अक्षर जस्तै भयो,
देखिन्छ, तर छोएपछि मेटिन्छ।

मानिसलाई छिटो चिनेँ भन्ने घमण्डले
मनले आँखा चिम्लिँदा
यथार्थले पछाडिबाट घोच्दोरहेछ।

मुस्कानभित्र लुकेको स्वार्थ,
मिठा शब्दभित्रको तिखोपन,
विश्वासको काखमा हुर्किएको
धोका एक्कासि जवान भयो।

हिजो ‘आफ्नो’ ठानेको हात
आज ढोका बन्द गर्ने चाबी बन्यो,
मनले बनाएको सम्बन्धको घर
एक झुटो हावाले भत्काइदियो।

अब त डर लाग्छ,
छिटो विश्वास गर्न,
किनकि आजभोलि
मानिस कम,
मुखौटा धेरै भेटिन्छ।

तर अझै पनि
एउटा सानो आश बाँकी छ—
सबै हृदयहरू ढुंगाका हुँदैनन्,
केही विश्वासहरू
अझै बाँचिरहेकै छन्।

Post a Comment

0 Comments