दीपक नेपाल का गजल मनका चाहानाहरू यसरी मरेको छ जिन्दगीमा ! सरकारले सुक्कुम् बासीको बस्ती उठाए जस्तो !!
गरिब दुःखीले चाडपर्वमा नयाँ लुगा लगाए जस्तो !!
कसैको आगमनले मात्र पनी गरिबको जिन्दगानी !
झिलमिल देखिन्छ बिबाहको मण्डप सझाए जस्तो !!
आकासमा जहाज देख्दा आमा छट्पटाऊछिन् रे !
प्रवासी छोरा छोरीको केहि खबर आए जस्तो !!
नेताहरूको बचपनी व्यवहारले देश भएको छ !
बृद्ध बा-आमाले सियोमा धागो घुसाए जस्तो !!
मनका चाहानाहरू यसरी मरेको छ जिन्दगीमा !
सरकारले सुक्कुम् बासीको बस्ती उठाए जस्तो !!
दीपक नेपाल
मार्पाक-५,निमार्चोक
धादिङ
0 Comments