नजोख्न मिल्ने ननाप्न मिल्ने यो याद कती आउछ !
फेरी किन नजर नजरमा कसैको जिन्दगी अटाउछ !!
तिमी भन्छौ एकअर्कामा पलपलमा संवाद हुनुपर्छ !
भन के सुनाऊँ खबर आँसुको अगाडी नदी हराउछ !!
दोधारमा छु खुलेर भन्न सक्दिन सपना कि बीपना !
अचम्म लाग्छ रातको सम्झनाले दिनभरि सताऊछ !!
हामिले हाम्रो जीवनमा हजार सत्य बोलेता पनी !
झुठो एक वचनले पनी विश्वासमा कमी बनाऊछ !!
दीपक नेपाल
नेत्रावती गाऊँपालिका-१,राम्चे
धादिङ

0 Comments