Header Ads Widget

Header Banner
Header Ad

दीपक नेपाल को कविता भत्किएको भरोसा

 भत्किएको भरोसा (कविता)




मुटुभित्र एउटा गहिरो सन्नाटा,
आँखाभरि आँसुको अथाह सागर,
जसलाई आफ्नै ठानेँ मैले,
उहीँबाट पाएको यो विषालु जहर।

सँगै हिँड्ने कसम खाने,
उहिँ साथी आज पराइ भयो,
सत्य ठानेको त्यो अनुहार,
आज डरको प्रतीक भयो।

विश्वासको मजबुत जग बसाएँ,
भावनाको महल सजाएँ,
तर स्वार्थको एउटै झोक्काले,
सबै सपनालाई ढालिदियो, भत्कायो।

मुस्कान भित्र लुकेको रहेछ,
धोका दिने घातक जाल,
कहिल्यै बुझ्न सकिनँ मैले,
समयको यो निर्दयी चाल।

अब त ऐना हेर्न पनि,
मनभित्र डर जाग्छ,
जो नजिक आउँछ आजकाल,
धोका दिन्छ कि भन्ने शङ्का लाग्छ।

को आफ्ना, को पराइ,
चिन्न साह्रै गाह्रो भयो,
पिरै–पिरको भारी बोकी,
बाँच्नु नै ठूलो साहस भयो।

विश्वासको दियो निभिसक्यो,
चारैतिर अँध्यारो छ,
न कसैलाई पीडा सुनाउन सक्छु,
न त यो घाउ नै निको छ।

एक्लै हुनु नै राम्रो रहेछ,
यो स्वार्थी संसारको भिडमा,
जहाँ आफ्नैले छुरा घोच्छन्,
मलम लगाउने बहानामा।

Post a Comment

0 Comments