Header Ads Widget

Descriptive alt text

१ रुपैयाँ सहयोग गरेर दीपक नेपालले आशिका तामाङ फाउण्डेशनको अभियानलाई साथ दिए

“सामूहिक सहयोगको शक्ति” भन्ने विश्वासका साथ सामाजिक अभियन्ता आशिका तामाङले सुरु गर्न लागेकी “न्यानो कपडा वितरण अभियान”लाई सामाजिक अभियन्ता दीपक नेपालले व्यक्तिगत रूपमा रु १ सहयोग गर्दै साथ दिएका छन् ।


दीपक नेपालले भने, “म एक रुपैयाँ सहयोग गरेर सानो उदाहरण दिन खोजेको हुँ । यदि देशभरका ३ करोड नागरिकले पनि यही भावना बोकेर १–१ रुपैयाँ सहयोग गरे भने ३ करोड रुपैयाँ जुट्न सक्छ । सानो सहयोगले पनि ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने सन्देश दिन चाहेको हुँ ।”


आशिका तामाङ को Ashika Foundation ले यो अभियान मार्फत नेपालका दुर्गम र आर्थिक रूपमा विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गर्ने तयारी गरेको छ । चिसो मौसम नजिकिँदै गर्दा उनीहरूले “बालबालिकाको स्वास्थ्य र आत्मसम्मान दुवै सुरक्षित राख्ने” उद्देश्य लिएका छन् ।

आशिका तामाङ पछिल्ला वर्षहरूमा देशभरका सामाजिक कार्यहरूमा सक्रिय रहेकी छन् । उनले महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, र विपन्न वर्गका परिवारका समस्यामा निरन्तर आवाज उठाउँदै आएकी छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्ना अभियन्ता गतिविधिहरू साझा गर्दै जनचेतना फैलाइरहेकी छन् ।

दीपक नेपालले भनेका छन्, “आशिका दिदिको सोच र कामले मलाई छोयो । समाजका गरिब बालबालिकालाई न्यानो कपडा दिने अभियान साँच्चिकै प्रेरणादायी छ । मेरो १ रुपैयाँले सायद ठूलो प्रभाव नपार्ला, तर त्यसले सन्देश दिन्छ — हामी सबै मिल्यौँ भने परिवर्तन सम्भव छ ।”

यस अभियानको माध्यमबाट फाउन्डेशनले देशभरका नागरिकहरूलाई “सामूहिक मानवीय उत्तरदायित्व” बोध गराउने प्रयास गरेको छ । सामाजिक सञ्जालमा यो अभियानको व्यापक चर्चा भइरहेको छ र धेरैले “रु १ अभियान”लाई समर्थन जनाइरहेका छन् ।

आशिका तामाङले सामाजिक सन्देश दिँदै भनेकी छन्, “सहयोग सानो होइन, मन ठूलो चाहिन्छ । हामी सबैले थोरै–थोरै गरे पनि, धेरैको ज्यानमा न्यानोपन र माया पुर्‍याउन सक्छौँ ।”

दीपक नेपालजस्ता सचेत नागरिकहरूको सक्रिय साथ र सकारात्मक सोचले यो अभियानले  देशव्यापी रुप लिन सक्ने विश्वास गरिएको छ ।

 

Post a Comment

0 Comments