दीपक नेपाल का एक गजल निथ्रुक्क भिजेकोको छ सिरानी दिनरात रूँदा रूँदा !!
सम्झनामा गाऊँ घर अनी बा-आमाको तस्वीर छुँदा !
निथ्रुक्क भिजेकोको छ सिरानी दिनरात रूँदा रूँदा !!
घरमा दुई प्रहर चुलो बाल्न देश छाड्नु पर्छ भने !
केही नसुनाऊँ सरकार मलाई नियम कानुनको बुँदा !!
नेता स्वार्थको लागी बन्द हड्ताल चक्का जाम गर्ने !
गरिब मजदुरी गर्ने जन केगरी मेट्छन् आफ्नो सुँदा !!
सित झै आसा बिलाऊदै गए धैर्यता ले सीमा नाग्यो !
सात समुन्द्र पारी मरुभूमिमा घरिघरि बिरामी हुँदा !!
दीपक नेपाल
मार्पाक -५,निमार्चोक
धादिङ
0 Comments