काठमाडौं,२६ मङ्सिर २०८२
साहित्यकार काजिराम अधिकारी क्षेत्री द्वारा लेखिएको “कान्छा” शीर्षकको भावनात्मक रचनामा जीवनका उतार–चढाव, सम्बन्धका बदलिँदो परिभाषा र मानवीय संवेदनालाई सरल तर अत्यन्त प्रभावशाली शैलीमा अभिव्यक्त गरिएको छ।
"कान्छा "
- कुनैबेला पुर्णिमाको जुन माने थे तिमिलाई
तर अहिले औशीको रात भएछौ ।
- कुनैबेला आफ्नौ नजिकको माने थे तिमिलाई
तर अहिले टाढाको अन्जान भएछौ ।
- कुनैबेला सुंगन्धित फुल माने थे तिमिलाई
तर अहिले झन कठोर पथ्थर भएछौ ।
- कुनैबेला बहुमुल्य सुन माने थे तिमिलाई
तर अहिले मुल्यहिन लसुन भएछौ ।
- कुनैबेला यो दिलको प्यारो माने थे तिमिलाई
तर अहिले नचिन्ने पराई भएछौ ।
- कुनैबेला आँखाको नानी माने थे तिमिलाई
तर अहिले एकादेशको कहानी भएछौ ।
- कुनैबेला मेरै घरको सदस्य माने थे तिमिलाई
तर अहिले त्यहिँ घरको रोचक कथा भएछौ ।
"कान्छा "
- तिमी मेरो केही होइनौ भन्न मिल्ने साइनो छैन
तर खुशी दिन मन छ आसु पुछि दिन मन छ ।
- तिमी मेरो आफ्नो होइनौ भन्न मिल्ने आधार छैन
तर दु:ख बाड्न मन छ तिम्रा आसु बाड्न मन छ ।
- तिमी मेरो कान्छा होइनौ भन्न मिल्ने प्रमाण छैन
तर याद गर्न मन छ तिम्रै यादमा मर्न मन छ ।
- तिमी मेरो विशेष होईनौ भन्न मिल्ने प्यार छैन
तर झल्को मेट्न मन छ सपनीमै भेट्न मन छ ।
- तिमी मेरो मुटु होइनौ भन्न मिल्ने नजिर छैन
तर सम्झी रुन मन छ छिट्टै भेट हुन मन छ ।
काजिराम अधिकारी क्षेत्री
नेत्रावती डबजोङ्ग - १, धादिङ्ग
हाल:- तारकेश्वर - ६, काठमाण्डौ



0 Comments