Header Ads Widget

एलपी ग्यास बोकेको बुलेट पल्टिँदा महेन्द्र राजमार्ग अवरुद्ध

चन्द्रपुर ,१५ पुस २०८२ 

आज बिहान करिब ७ः३० बजे रौतहटको चन्द्रनिगाहपुर–धन्सार सडकखण्डमा एलपी ग्यास बोकेको ट्याङ्कर पल्टिँदा पूर्व–पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध भएको छ।


भारतको रक्सौलबाट ग्यास बोकेर महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ एटी २११४ नम्बरको बुलेट लमाह पुल नजिक दुर्घटनामा परेको हो। दुर्घटनापछि ट्याङ्करबाट ग्यास लिक हुन थालेपछि हटाउने काममा समस्या आएको प्रहरीले जनाएको छ।

बुलेट हटाउन ग्यास कम्पनी तथा नेपाल आयल निगम वीरगञ्जका प्राविधिक टोली बिहानदेखि खटिएका छन्। छ वटा क्रेन प्रयोग गरिए पनि प्राविधिक जटिलताका कारण राजमार्ग अझै खुल्न सकेको छैन।

दुर्घटनामा ट्याङ्कर चालक ३५ वर्षीय पवन यादव घाइते भएका छन्। हाल सवारीसाधन चन्द्रनिगाहपुर क्षेत्रमा रोकिएका छन् भने केही सवारीसाधन वैकल्पिक मार्ग प्रयोग गरी आवतजावत गरिरहेका छन्।

Post a Comment

0 Comments