जेन–जी र सरकारबीच भएको सम्झौतामा मतदाता नाम दर्ता र प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने महत्वपूर्ण प्रावधान

काठमाडौँ ,२५ मङ्सिर २०८२ 


सरकार र जेन–जी समूह बीच भएको सहमति अनुसार, अब मतदाता नाम दर्ता अभियानलाई अझ सहज, प्रभावकारी र सर्वसुलभ बनाइनेछ।देशभरिका नागरिकले सजिलैसँग आफ्नो नाम मतदाता सूचीमा समावेश गराउन सक्ने वातावरण तयार गरिनेछ।


यसबाहेक, विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई उनीहरू रहेका स्थानबाटै मतदान गर्न सक्ने व्यवस्था मिलाइनेछ।संसारका विभिन्न देशमा औपचारिक तथा अनौपचारिक रूपमा श्रमरत नेपाली तथा विदेशमा अध्ययनरत विद्यार्थीको मताधिकार सुनिश्चित गर्न सरकार नीतिगत, कानूनी र संस्थागत पूर्वाधार विकास गर्ने प्रतिबद्धतामा पुगेको छ।

यो व्यवस्था लागू भएपछि लामो समयदेखि मतदान प्रक्रियाबाट वञ्चित हुँदै आएका प्रवासी नेपालीहरूले पहिलोपटक सुरक्षित, सहज र प्रभावकारी रूपमा मतदान गर्ने अधिकार उपयोग गर्न सक्नेछन्।

Post a Comment

0 Comments