रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सम्भावित राजनीतिक सहकार्यका विषयमा भएको दुई पक्षीय वार्ताबाट कुनै ठोस निष्कर्ष ननिस्किएको संकेत देखिएको छ। श्रोतका अनुसार दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहँदा संयुक्त राजनीतिक यात्रा तय गर्न कठिन देखिएको हो।
राजनीतिक वृत्तमा पछिल्लो समय रवि र बालेनबीच सहकार्य हुने चर्चा चलिरहे पनि भित्री रूपमा भएको छलफलले अपेक्षित सफलता ल्याउन नसकेको बताइएको छ। श्रोत भन्छ, “दुवैको सोच, कार्यशैली र भावी राजनीतिक रोडम्यापमा स्पष्ट भिन्नता देखिएकाले तत्काल सहकार्य सम्भव देखिँदैन।”
यद्यपि औपचारिक रूपमा दुवै पक्षबाट वार्ताबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरिएको छैन। तर, पछिल्ला घटनाक्रमले उनीहरू एउटै राजनीतिक यात्रामा अघि बढ्ने सम्भावना कमजोर बन्दै गएको संकेत गर्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार यदि दुवै पक्षले आपसी समझदारी र लचकता नदेखाए, भविष्यमा पनि सहकार्यको ढोका खुल्न कठिन हुने देखिन्छ। यधपी देश र जनताको माग रवी र बालेन मिलेर देशलाई सुशासन र दिर्घकालिन स्थिरता दिनुपर्ने रहेको छ ।

0 Comments