एमाले महाधिवेशन २२ घण्टापछि मतदान सम्पन्न, ९८.०४ प्रतिशत मत खस्यो

काठमाडौं,०३ पुस २०८२

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ। निर्वाचनमा कुल २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको छ।



निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार यो कुल मतदाताको ९८.०४ प्रतिशत सहभागिता हो। बाँकी ३६ जना मतदाता मतदानमा अनुपस्थित रहेका थिए।

लामो समयसम्म चलेको मतदान प्रक्रियामा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता देखिएको छ। मतदान सम्पन्न भएसँगै अब मतगणनाको प्रक्रिया सुरु हुने तयारी गरिएको छ।

#NewsUpdate
#evamedianetwork
#Evamedia

Post a Comment

0 Comments