काठमाडौँ ,०१ पुस २०८२
भृकुटीमण्डपमा आयोजित महाधिवेशन स्थलमा उपस्थित ज्योती मगरले एक उम्मेदवारको फोटो बोकेर मतदातासँग भोट माग्दै प्रचारमा उत्रिएको दृश्य देखिएको हो। पार्टीको आन्तरिक निर्वाचनलाई लक्षित गर्दै उनले खुलेरै समर्थन जनाउँदै प्रचारमा सहभागिता जनाएकी हुन्।
मनोरञ्जन क्षेत्रका चर्चित अनुहारको राजनीतिक गतिविधिमा सक्रिय सहभागिताले महाधिवेशनको माहोल थप चासोपूर्ण बनेको छ। एमालेको महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी छ।
#evamedianetwork
#Evamedia
0 Comments