कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने

काठमाडौं ,१४ पुस २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच सहमति भएको छ। सहमति अनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने समानुपातिक तर्फबाट उनको समूहबाट १८ जना समावेश गरिनेछ।

हाल उक्त सहमतिको ड्राफ्टमा हस्ताक्षर गर्ने प्रक्रिया अगाडि बढिरहेको बताइएको छ। सभापति तथा भावी प्रधानमन्त्री पदका प्रमुख दावेदार मानिएका कुलमान घिसिङले देशको समग्र हित र जनभावनालाई आत्मसात गर्दै राजनीतिक रूपमा त्याग देखाएको बुझिएको छ।
यस कदमपछि राजनीतिक वृत्तमा कुलमान घिसिङको व्यापक प्रशंसा सुरु भएको छ। देश र परिवर्तनको पक्षमा उनले देखाएको लचकता र समझदारीलाई धेरैले सकारात्मक संकेतका रूपमा लिएका छन्।

Post a Comment

0 Comments