नेपालमा सुनको मूल्यले नयाँ कीर्तिमान रच्यो

काठमाडौं, असोज ३१

नेपाली बजारमा सुनको मूल्य फेरि एकपटक आकाशिएको छ, आज बुधबार  सुनको मूल्य तोलाको २ लाख ५० हजार ९ सय रुपैयाँ  पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। 


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ला केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि मूल्य उच्च स्तरमा पुगेको हो। 

महासंघले जारी गरेको विवरण अनुसार  सुनको मूल्य भने आज तोलामा २ लाख ५० हजार ९ सय  रुपैयाँ कायम गरिएको छ। 

पछिल्लो समय बजारमा सुनको माग उच्च हुँदा र अन्तर्राष्ट्रिय आर्थिक अस्थिरताका कारण सुनलाई सुरक्षित लगानीको माध्यमका रूपमा हेर्ने प्रवृत्तिले मूल्य अझै बढ्न सक्ने संकेत देखिएको छ। 

#सुनको_भाउ #GoldPriceNepal #EvaMediaNetwork

Post a Comment

0 Comments