अब PAN नम्बर स्थानीय निकायबाटै प्राप्त हुने

आन्तरिक राजस्व विभाग (IRD) ले अब PAN नम्बर स्थानीय तहबाटै उपलब्ध गराउने व्यवस्था गर्न लागेको जनाएको छ। यस व्यवस्थाले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट अन्त्य गर्ने अपेक्षा गरिएको छ।


IRD का सूचना अधिकृतका अनुसार २०८३ साल साउन १ गतेदेखि देशभरका सबै ७५३ वटै स्थानीय निकायबाट PAN नम्बर वितरण हुने व्यवस्था कार्यान्वयनमा आउनेछ।
यस कदमले कर प्रणालीलाई सरल, पहुँचयोग्य र नागरिकमैत्री बनाउने विश्वास लिइएको छ। व्यवसायी, स्वरोजगार तथा सर्वसाधारणलाई यसले ठूलो राहत दिनेछ।

Post a Comment

0 Comments