MPL मा सहभागी टिमहरुलाई सुन-चादीकाे गहना बनाउदा १००% ज्याला छुट हुने

धादिङ,०४ पुस २०८२

नेत्रावती डबजाेङ्ग कप (१६ औ MPL फुटसल प्रतियाेगिता) मा सहभागी हुने टिमहरुलाई सुन-चाँदीकाे गहना बनाउदा ज्यालामा १००% छुट हुने भएकाे छ ।


काठमाण्डाैकाे नेपालटार चाेक नजिकै रहेकाे जय मातादेवी ज्वेलर्स र बाईपासबाट नेपालटार तर्फ ओरालाेसंगै रहेकाे डबजाेङ्ग चाैतारा ज्वेलर्सबाट सुन-चाँदीका गहना बनाउदा १००% ज्याला छुट गरिएकाे MPL का मुख्य ब्यबस्थापक काजिराम अधिकारीले जानकारी दिनुभयाे ।

मार्पाक प्रिमियर लिग (MPL) आयाेजक समितिकाे विशेष आग्रहमा उक्त छुट प्रदान गरिएकाे जय मातादेवी ज्वेलर्सका संचालक समाजसेवी तथा खेलप्रेमी युवा ब्यक्तित्व राजकुमार बराईली तथा डबजाेङ्ग चाैतारा ज्वेलर्सका संचालक युवा समाजसेवी तथा खेलप्रेमी ब्यक्तित्व सुब्बा बहादुर सुनारले बताउनुभयाे ।

जय मातादेवी ज्वेलर्स र डबजाेङ्ग चाैतारा ज्वेलर्सले MPL मा नियमित रुपमा प्रायाेजन गर्दै आईरहनुभएकाे छ भने आगामी सस्करणहरुमा पनि निरन्तर रुपमा प्रायाेजन गर्नेगरि संझाैता भएकाे समेत ब्यबस्थापक अधिकारीले बताउनुभयाे ।


Post a Comment

0 Comments