काठमाडौं,०६ पुस २०८२
प्रतियोगिता नेपाली मन उधोग (NMU) मनमैजु काठमाडौंको मुख्य प्रायोजनमा हुन लागेको हो भने Title Sponsor जाेडिन बाँकि रहेकाे आयाेजकले जनाएकाे छ ।
प्रतियोगितामा सहभागिता जनाउने टिमका लागि दर्ता शुल्क (५०० + २०००) जम्मा दुई हजार पाँच सय रुपैयाँ तोकिएको साथै प्रतियोगिताका बिजेता लगायत उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कारको व्यवस्था समेत गरिएको छ।
जस अनुसार प्रथम पुरस्कार: नगद २५००० ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार: नगद १२५०० ट्रफी र प्रमाणपत्र
तृतीय पुरस्कार: नगद ३५००+३५००=७०००/- र प्रमाणपत्र
अनुशासित टिम: नगद ३००० र प्रमाणपत्र
यसका साथै व्यक्तिगत विधातर्फ पनि पुरस्कार प्रदान गरिनेछः
Best FW, Best GK, Best DF र Emerging Player लाई नगद २५०० को साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको आयोजना मार्पाक सामुदायिक क्लब (CCM) गरेको छ भने सह-आयोजकमा थला गाँउ समाज ,मार्पाक धादिङ रहेको छ।त्यस्तै संरक्षकमा नेत्रावती डबजोङ्ग गाँउपालिका , धादिङ रहेका छन्।
उक्त प्रतियोगिताको प्रायोजकहरुमा जय मातादेवी ज्वेलर्स नेपालटार, सफल कोरियन भाषा केन्द्र बागबजार, ललितपुर र भक्तपुर, छाङमि एजुकेशन कन्सलटेन्सी बालाजु चोक, होटल भिस्टा कलंकी, डबजोङ्ग चौतारा ज्वेलर्स बाईपास, टेकर्स ट्रेक नेपाल ठमेल र ब्लू स्काई एजुकेशन नेटवर्क सोह्रखुट्टे रहेको छ भने ट्रफी सपोर्टमा गजकेशर थामे अधिकारी कल्याण समाज रहेको आयोजकले बताएको छ ।
0 Comments