धादिङ ,१२ पुस २०८२
नेत्रावती डबजाेङ्ग कप (१६ औ MPL फुटसल प्रतियाेगिता) काे उप-बिजेताले पाउने नगद पुरस्कार नेत्रावती डबजाेङ्ग गाउँपालिकाका उप-प्रमुख श्री सितामाया चाेदेनले Sponsor गर्ने भएका छन् ।
आगामी १६ औ सस्करणकाे MPL बाट हरेक सस्करणकाे MPL काे उप-बिजेता टिमलाई दिईने नगद पुरस्कार गाउँपालिका उप-प्रमुख श्री सितामाया चाेदेनज्युले Sponsor गर्ने गरि माैखिक सम्झौता भएकाे र छिट्टै सम्झौता-पत्रमा समेत हस्ताक्षर हुने आयाेजकले जनाएकाे छ ।
गाउँपालिका उप-प्रमुखले Sponsor गरेसंगै १६ औं संस्करणबाट निरन्तर रुपमा MPL काे संरक्षक संस्था "नेत्रावती डबजाेङ्ग गाउपालिका, धादिङ्ग" रहने सहमती समेत भएकाे MPL का मुख्य ब्यबस्थापक काजिराम अधिकारीले जानकारी दिनुभयाे ।
१५ औं संस्करणकाे बिजेता चाैतारा युवा क्लब भएकाे थियाे भने सह-आयाेजक थला गाउँ सेवा समाज उप-बिजेता बनेकाे थियाे ।
0 Comments