काठमाडौं–८ बाट प्रतिनिधिसभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस, डा. अमितसिंह कार्की बलियो दाबेदार

काठमाडौं ,२५ मंसिर २०८२
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ८ ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको छ।  

क्षेत्रीय समितिको पूर्ण बैठकले डा. अमितसिंह कार्की, राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्द्रलाल श्रेष्ठ र मुस्कानराज गौतमलाई उम्मेदवारको रूपमा सिफारिस गरेको हो।  

समितिका अनुसार सिफारिस नामावली स्थानीय तहमा भएका छलफल, संगठनगत मूल्यांकन र कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा तयार पारिएको हो।  

सिफारिस सूचीमा डा. अमितसिंह कार्कीलाई सबैभन्दा बलियो दाबेदारका रूपमा प्रस्तुत गरिएको छ। क्षेत्रीय नेतृत्वका अनुसार डा. कार्कीको दीर्घ संगठनात्मक योगदान, निरन्तरको क्षेत्रीय सक्रियता र विकास–निर्माणका मुद्दामा स्पष्ट धारणा प्रमुख कारण हुन्।  

अब सिफारिस नामावली पार्टीको केन्द्रीय समिति समक्ष पठाइनेछ। प्रतिनिधिसभा चुनावका लागि अन्तिम निर्णय नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गर्नेछ।

#evamedianetwork 
#Evamedia 
#AmitShingKarki

Post a Comment

0 Comments