रवि लामिछाने र कुलमान घिसिङबीच पार्टी एकताका लागि छलफल जारी रहेको बताइएको छ।

काठमाडौँ ,१४ पुस २०८२ 

राजनीतिक स्रोतका अनुसार दुवै नेताबीच पछिल्लो समय निरन्तर संवाद भइरहेको छ। समसामयिक राजनीति, सुशासन, भ्रष्टाचार नियन्त्रण, युवाको सहभागिता र वैकल्पिक राजनीतिक धार निर्माणबारे गहिरो छलफल भएको जनाइएको छ।



यद्यपि हालसम्म औपचारिक रूपमा कुनै निर्णय सार्वजनिक गरिएको छैन। तर देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै साझा एजेन्डा र सम्भावित सहकार्यका विषयमा सकारात्मक वातावरण बनेको स्रोतको दाबी छ।

राजनीतिक वृत्तमा भने यो छलफलले नयाँ राजनीतिक समीकरण जन्माउन सक्ने अनुमान गरिएको छ। आगामी दिनमा यसबारे थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

#evamedianetwork
#Evamedia
#foryoupageシforyou

Post a Comment

0 Comments