केपी शर्मा ओलीको अध्यक्ष पदमा ‘ह्याट्रिक’

काठमाडौँ ,०२ पुस २०८२ 

नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गर्न सफल भएका छन्। लगातार तेस्रो कार्यकालका लागि पार्टी अध्यक्षमा निर्वाचित हुँदै ओलीले यो कीर्तिमान कायम गरेका हुन्। उनी २०७१ साल साउनदेखि निरन्तर पार्टी अध्यक्षको जिम्मेवारीमा छन्।


भृकुटीमण्डपमा बिहीबार सम्पन्न ११औँ महाधिवेशनको अन्तिम मतपरिणामअनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भए। उनका एकमात्र प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरे।

यसअघि २०७१ साल असारमा भृकुटीमण्डपमै सम्पन्न नवौँ महाधिवेशनमा ओलीले तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतान्तरले पराजित गर्दै पहिलोपटक अध्यक्ष पद जितेका थिए। उक्त निर्वाचनमा ओलीले १ हजार ४७ मत प्राप्त गर्दा नेपालले १ हजार ३ मत पाएका थिए।

#evamedianetwork
#Evamedia

Post a Comment

0 Comments