ट्याक्सीको राष्ट्रिय मापदण्ड कार्यान्वयन मा ढिलाइ, मन्त्रीलाई बुझाए ज्ञापनपत्र ।

हेटौंडा ,१३ पुस २०८२ 

संघीय सरकारले जारी गरेको ट्याक्सीको राष्ट्रिय मापदण्ड–२०८१ हालसम्म पनि प्रदेश तहमा कार्यान्वयन हुन नसक्दा आफूहरू अत्यधिक समस्यामा परेको गुनासो गर्दै स्वरोजगार ट्याक्सी व्यवसायीहरूले तत्काल मापदण्ड कार्यान्वयनको माग गरेका छन्।

उक्त मापदण्ड कार्यान्वयनमा प्रदेश सरकारले अनावश्यक ढिलाइ गरिरहेको भन्दै व्यवसायीहरूले श्रम, रोजगार तथा यातायात मन्त्री माननीय जयराम थापा ज्यूलाई ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा मापदण्ड लागू नहुँदा ट्याक्सी व्यवसाय, चालक मजदुरको रोजगारी, यात्रुको सुरक्षा तथा सेवा गुणस्तरमा गम्भीर असर परेको उल्लेख गरिएको छ। साथै, संघीय सरकारले तोकेको मापदण्ड तत्काल लागू गरी व्यवसायी तथा श्रमिकमैत्री वातावरण निर्माण गर्न प्रदेश सरकारलाई स्पष्ट निर्देशन दिन मन्त्रीसँग माग गरिएको छ।

स्वरोजगार ट्याक्सी व्यवसायीहरूले समस्या समाधानमा ढिलाइ भए थप संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन्।


#taxinewsnepal
#evamedianetwork
#Evamedia

Post a Comment

0 Comments