ट्याक्सी दुर्घटना किन बढ्दैछन्? सरकारको ध्यानाकर्षण आवश्यक

विद्युतिय ट्याक्सी होस् कि पेट्रोलियम ट्याक्सी पछिल्लो समय दुबै प्रकारका ट्याक्सीहरू अत्यधिक मात्रामा दुर्घटनामा परिरहेका छन्। यसले यात्रु, चालक र आम सर्वसाधारणको ज्यान तथा सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ।
यी दुर्घटनाहरू किन र कसरी भइरहेका छन् भन्ने विषयमा गहिरो अध्ययन र विश्लेषण गरी मूल कारण पहिचान गर्न सरकारको तत्काल ध्यान जानु आवश्यक छ। सवारी साधनको प्राविधिक अवस्था, चालकको तालिम र मानसिक अवस्था, सडकको अवस्था, ट्राफिक व्यवस्थापन तथा नियमनको कमजोरीजस्ता पक्षहरूलाई समेटेर प्रभावकारी कदम चालिनुपर्छ।

यस विषयमा सरकार गम्भीर बनोस्, दुर्घटना न्यूनीकरणका लागि स्पष्ट नीति, कडाइका साथ अनुगमन र दीर्घकालीन समाधान अघि बढाओस् भन्ने हाम्रो जोडदार माग छ।

#taxinewsnepal 
#evamedianetwork 
#Evamedia

Post a Comment

0 Comments