धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं. १ मार्पाकमा रहेकाे निरन्जना मा. बि. काे ६३ औ बार्षिक उत्सब कार्यक्रम भब्य रुपमा सम्पन्न भएकाे छ ।
अधिकारीलाई नगद सहित सम्मान गर्ने ब्यक्ति तथा संघ संस्थाहरुमा पुर्ब शिक्षक तथा पुर्ब शिक्षक काजिराम अधिकारी र पुर्ब बिध्यार्थी अजय अधिकारीद्वारा अभियान संचालन गरि संकलित रु ३,१७,६५३/- र सम्मान-पत्र, पुर्ब बिध्यार्थीहरु रविन्द्र अधिकारी र सरस्वती अधिकारीद्वारा संकलित २६,०८५/- र ढाका टाेपी साथमा पुर्ब शिक्षक राम ब. अधिकारीलाई समेत ढाका टाेपी, पुर्ब बिध्यार्थी हाेम अधिकारी र काजिराम अधिकारी लगायत पुर्ब शिक्षकहरुद्वारा संकलित रु २७,६५६/- र सम्मान- पत्र, पुर्ब बिध्यार्थी हरिकृष्ण अधिकारीद्वारा संकलित रु १४,०५०/- साथै मार्पाक सामुदायिक क्लब (CCM) बाट रु ६५००/- र सम्मान-पत्र गरि कुल गरिब ४ लाख बराबर नगद सहित सम्मान-पत्र द्वारा सम्मान गरिएकाे पुर्ब शिक्षक तथा भक्त बहादुर अधिकारी सम्मान अभियानका प्रमुख संयाेजक श्री काजिराम अधिकारीले बताउनुभयाे ।
कार्यक्रममा गाउँपालिकाका उप-प्रमुख सितामाया चाेदेन, शिक्षक संगठनका केन्द्रीय अध्यक्ष शंकर अधिकारी, पुर्ब प्र. अ. केशरी प्रसाद पन्त, गाउपालिका शिक्षा शाखा प्रमुख शुशिला ड्याङ्जाे, पुर्ब बि. ब्य. समितीका अध्यक्षहरु उत्तम अधिकारी, सुक बहादुर तामाङ्ग, गाउपालिकाका प्रबक्ता तथा वडा नं. १ का अध्यक्ष ठाकुर गुरुङ्ग लगायत अन्य वडाका वडाध्यक्षहरुकाे समेत उपस्थिति रहेकाे थियाे ।
1 Comments
Graet job...
ReplyDelete