काठमाडौँ ,०६ पुस २०८२
जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा गरेको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै समूहका अगुवा मिराज ढुङ्गानाले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन सुरु गर्न लागिएको जानकारी दिएका हुन्।
उनका अनुसार आन्दोलनको पहिलो चरणमा भोलि बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा उपस्थित हुन सबैलाई आह्वान गरिएको छ। जेनजी आन्दोलनलाई धोका दिइएको आरोप लगाउँदै ढुङ्गानाले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट निकासका लागि सर्वपक्षीय सरकार आवश्यक भइसकेको बताए।
पत्रकार सम्मेलनमा ढुङ्गानाले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। उनले आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने स्पष्ट पार्दै जनताको हकहित, सुशासन र राजनीतिक स्थायित्वका लागि देशभर आन्दोलन फैलाइने बताए।

0 Comments