मार्पाक सामुदायिक क्लब (CCM) धादिङ्गले अधिकारीलाई नगद सहित सम्मान गर्ने

धादिङ्ग,२४ कार्तिक

धादिङ्ग जिल्लाकाे नेत्रावती डबजाेङ्ग गाउँपालिका वडा नं. १ मा रहेकाे निरन्जना मा. बि. बाट भर्खरै अबकास हुनुभएका कार्यालय सहयाेगी भक्त बहादुर अधिकारीलाई मार्पाक सामुदायिक क्लब (CCM) ले नगद सहित सम्मान गर्ने भएकाे छ ।




निरन्जनामा २०३५ साल देखि २०८२ सालसम्म ४७ बर्ष सेवा गरेका अधिकारी अबकास हुँदा पेन्सन वा उपदान केही पनि नहुने भएकाेले उहाँको यति लामाे अनबरत सेवालाई कदर गर्दै नगद सहित सम्मान पत्रद्वारा सम्मान गर्न लागिएकाे मार्पाक सामुदायिक क्लब (CCM) का महासचिब काजिराम अधिकारीले जानकारी दिनुभयाे ।

आगामी २०८२ पाैष ०९ गते निरन्जना मा. बि. मार्पाककाे ६३ औं बार्षिक उत्सब कार्यक्रममा क्लबका बरिष्ठ महिला उपाध्यक्ष कल्पना बरुवालद्वारा नगद तथा सम्मान-पत्र हस्तान्तरण गरिने समेत अधिकारीले बताउनुभयाे ।

Post a Comment

1 Comments