- साहुले हर दिन हर रात न-पेलेको भए !
चारैतिर गरिबी ले न- झेलेको भए !!
आज प्रवास पनि राम्रो पद मिल्थ्यो कि?
स्कुल जादा खोपी गुच्चा न-खेलेको भए !!
- मेरो शरिरको हर खुन पसिना लियो !
र बदला स्वरूप केही अनुभव दियो !!
केही बर्षको यो प्रवास बसाई पछि !
अन्ततःआफ्नै देश जाने निर्णय गरियो !!
- ओठमा हाँसो मनमा पीडा बोकेर !
आफन्त घर परिवार सबै छोडेर !!
साहु संग ॠण लिगि प्रवास आए !
आफ्नो र परिवारको भबिस्य सोचेर !!
- जिउनु पर्छ दु:ख र सुख नघोली के गर्छौ !
हेरेर मात्र मुस्कान दिदै नबोली के गर्छौ !!
जीवन मेरो दिलकी रानी सम्झना आउदा !
पठाको थिए रुमाल चिनो नखोली के गर्छौ !!
- दुई दिनको जीवनमा सारा खुशी हराउन !
आफू रित्तो अरुलाई भरिभराउ गराउन !!
बस्दिन प्रवास अब पनि चाकडी गरेर !
जान्छु स्वेदेश आफ्नै गाई बाख्रा चराउन !!
- जिबनमा हरेक कुरा आकाश लाग्छ !
जब कसै कसैको दिलको आस लाग्छ !!
दुनियाँ आफ्नो स्वार्थमा लिप्त देख्दा !
आजभोलि माया प्रेम बकवास लाग्छ !!
- छुट्टै आफ्नो रहनसहन देखाएर !
मन देखि पर राखौं धन देखाएर !!
पुर्णिामा पछिको त्यो जून जस्तो !
घट्दै जाने मानव यौवन देखाएर !!
- मन मन्दिर मा बसाए प्यार हुनेछ !
जीवन जिउने असल आधार हुनेछ !!
रथको दुई पाङ्ग्रा भई रहदा पनि !
धोका दियो भने त्यो उपहार हुनेछ !!
- स्कुल पढ्दा सरले भन्दा मानेको भए !
आफ्नै लागि त हो भन्ने ठानेको भए !!
गजल, कविता लेख्न सजिलो हुन्थ्यो !
केहि नेपाली ब्याकरण जानेको भए !!
- पिउदै दिनमा सराब ढल्नेहरु देख्छु !
टेबुल मुनि पैसामा गल्नेहरु देख्छु !!
स्वार्थी हाम्रो समाजका मानवहरु !
प्रगतिमा जल्ने अनि छल्नेहरु देख्छु !!
- हुँदैन कहिँ पनि पैसा फल्ने बोटहरु !
नआत्त जिबनमा पर्छन् चोटहरु !!
हामिले जतिनै बिर्सन खोजेता पनि !
जादैनन् कैलै अतितका खोटहरु !!
- मात्र नियम कानुन संविधानमा केरेर !
जनताको दु:ख पीडा बसेका छौं हेरेर !!
वाक्क दिक्क भैसके जनता यहीँ सुनेर !
हे नेता के गर्छौ अब फेरि सरकार फेरेर !!
- पिडामा छु प्रवास नभुल साथी !
भयो धर्ती आकाश नभुल साथी !!
दुरिले मात्र टाढा हो बसेका छौं !
मनकै आसपास नभुल साथी !!
- फरक केही पर्दैन तिमिले नमाने !
गर्छु प्रेम सर्त राखी गाउँ नजाने !!
यत्ती कुरा हुन्छ भने गर्छु बिबाह !
सधैं साथमा रहुला पराई नठाने !!
- आँखा बाट मोतिदाना झरिरहेछ !
मलाई मात्र किन दु:ख परिरहेछ !!
प्रवासमा चोट पीडा नबुझी दिदा !
किस्ता रुपमा शरीर गलिरहेछ !!
- गाउँ मै खोले फाँडो खाएर रमाउन सके !
गाई, बाखा र गोरु बनमा चराउन सके !!
ॠण गरि गरि किन प्रवास धाउनु पर्यो !
आफ्नो बारिमा कोदो मकै फलाउन सके !!
- नेपाली लाई कस्तो पीडा भयो फेरि !
बहत्तर भुकम्प त तिरहत्तरमा खडेरी !!
भोक संगै घरबार बिहिन छन् जनता !
सरकार केही नगरी बसेको छ हेरि !!
- जनयुद्ध को पुर्ण नेतृत्व गरेको पाटी अरे !
बौद्धिक क्षमताहरु बाट बनेको पाटी अरे !!
आफ्नो मात्र स्वार्थ हेरौं अब कसरी भन्यौं !
देश र जनताको लागि लडेको पाटी अरे !!
- बाटोमा देख्दा उनिले आँखा तरेर गईन !
दिलमा मेरो एक्छिन खुशी भरेर गईन !!
रथको दुई बनेर पाङ्ग्रा जीवन भरीनै !
साथमा संगै जिउने वाचा गरेर गईन !!
- विश्वास थियो तोडियो उठबस रैछ पैला देखी !
छिमेकि को छोरा संग लसपस रैछ पैला देखी !!
अन्यायी बाबा आमाले धन्न मिलन गराएनन् !
समाजमा मुख देखाऊन सकस रैछ पैला देखी !!
- केहि नसोचि दाँयाबाँया यौवन फुकायौं तिमिले !!
दर्द छर्रलँग देखिन्थ्यो आँखामा लुकायौं तिमिले !!
देखेनन् देख्नेले नदेख्नेले चाल पाउदै पाएनन् !
दबाएर मन भित्र नै पिडा अश्रु सुकायौं तिमिले !!
- दुनियाँमा सम्बन्ध फेर्ने कति छन् कति !
यो ज्यान यो अनुहार हेर्ने कति छन् कति !!
दिपकको ज्यान सुकि लौरी जस्तो भएपनी !
प्रेम रुपि अङ्गालोमा बेर्ने कति छन् कति !!
- हाम्लाई पनी सेल्फि खिच्न आऊछ हजुर !
फोटो सपले तस्वीर यौवन देखाउछ हजुर !!
बिहे भयो एउटि छोरी छे घरमा भन्दा पनी !
कोहि कोहिले अझ नजर लाउछ हजुर !!
- बिशाल भेल पछी देखिने खहरे बगर !
सबथोक छर पनी अपुग छ यो शहर !!
सोचेको गन्तब्यमा कैलै पुग्न नसकिने !
पुरा मानव जिन्दगी रहेछ एक सफर !!
- आमा बुबाको आशीर्वाद मागेर !
समाजको अगाडी मुसक्क हासेर !!
सुन्दर सपना बुन्दै आए प्रबास !
घर खेत साहूलाई बन्दकि राखेर !!
- छ महिना खान पुग्ने हुँथ्यो बाली पारी खेतमा !
लाग्यो कि असार लडिहाल्थ्यो आली पारी खेतमा !!
गरिबिले गर्दा छोरा प्रवास बाआमा एक्लै घरमा !
के मकै छरे होलान यसपालि पारी खेतमा !!
- स्कूल स्तर पछी आफ्नो पढाई चट्ट रोकेर !
हातमा पासपोर्ट झोलामा कपडा बोकेर !!
गरिबीले प्रवास पठायो मलाई हजुर !
अनमोल शरीर मेरो सीमित मूल्य तोकेर !!
- जीबनभर साथ दिने बनाउनु छ आधार !
त्यसैले सम्बन्धमा जोडिन नगर्नु हतार !!
एकअर्काको हर ।दुःख सुख बुझौ पैले !
तब हुनेछ प्रेमरूपी जीबन साहाकार !!
- केहि बिगतका ऊनी संगको प्यार सम्झेर !
ग्रहण गर्दैछु चोट पिडा उपहार सम्झेर !!
लाग्छ मुद्धा .गरिदिउ दिलको अक्तियारमा !
घरिघरि आऊने यादको अत्याचार सम्झेर !!
- पैसा फल्ने रूख सात समुन्द्र पर देखेर !
स्वदेश छोडे जिबनमा अबसर देखेर !!
जिन्दगीबाट हार खाई सके अब मैले !
यहाँका मानवहरूको मन पत्थर देखेर !!
- आफुभित्र आत्मा बिस्वास उठाएर आऊ !
देख्लान परिवारले शीर झुकाएर आऊ !!
ऋतु सगैं वनस्पतिले पाउला फेरेझै गरी !
भए बिगतका सम्बन्ध सबै टुटाएर आऊ !!
- उकाली ओराली बन पाखा गर्छौ भने !
लपाङ खोला हिऊद बर्खा तर्छौ भने !!
पुर्ण स्वागत छ दिपकको जिन्दगीमा !
बाँजो बारी गहुँ मकै तोरी छर्छौ भने !!
- विदेशी अनुदानको अरबौ धन देखाएर !
भाषणमा मात्र परोपकारी मन देखाएर !!
पिडित जनतालाई झुक्यायो सरकारले !
गास,बास,कपासको आश्वासन देखाएर !!
- दुई हरफ देशको नाममा लेख्न मन लाग्यो !
प्रबास बाट आफ्नै गाऊँ फर्कन रहर लाग्यो !!
प्रबासमा जत्तीकै परिश्रम गरे देखी गाऊँमा !
मजाले कमाउन सकिन्छ उत्तिकै धन लाग्यो !!
- अतीत निको पार्छु मलम चलाएर !
दुश्मन गलाउछु कलम चलाएर !!
दुईदिनको चोला किन रिसराग !
बसौ मिलिजुलि इलम चलाएर !!
- ज्यान सुके पनी अनुहार उस्तै छ मेरो !
जीबन जिऊने आधार उस्तै छ मेरो !!
दुईसाल प्रबास हुदैमा के भन्छौ यस्तो !
यहाँ तिमिलाई दिने प्यार उस्तै छ मेरो !!
- दुबई कतार हैन अमेरिका पस्नु मन छ !
कित गाऊँमै पशुपालन गरी बस्नु मन छ !!
मरुभूमि मा गै अरुको गुलामि गर्नु भन्दा !
आत्मा सम्मानमा छतबाट खस्नु मन छ !!
- गरे बिपतिको सामना आफ्नो आत्मा जलाई !
तर उल्टो गाली पाइयो गर्दा समाजको भलाई !!
धन सम्पतीमा बिलिन यो स्वार्थी समाजको !
सबै मानवको बिस्वास लाग्न छोड्यो मलाई !!
- बिपनिमा नभेटेता पनि सपनिमा हुनुपर्यो !
कसलाई कति गर्ने मायाको सिमा हुनुपर्यो !!
प्रयोग मात्र गर्न सिपालु यो दुनियाँमा अब !
घर गाडिको जस्तैः मायाको बिमा हुनुपर्यो !!
- विदाई थियो जन्म त्यो घर छाडेर जानेको !
बाध्यता सम्झी वचन बा-को मानेर जानेको !!
हुर्केका सगै दाजु र भाई समाज नै त्यागी !
नबोलि केहि जिन्दगि संग हारेर जानेको !!
- सभ्य काम चुरीफुरीले गरेदेखी !
कुचोको काम हुरीले गरेदेखी !!
सधै काटमार मात्र हुन्थ्यो होला !
कलमको काम छुरीले गरेदेखी !!
- परदेशमा साहुले सम्झिदिदा मेसीन हजुर !
घरिघरि याद आऊछ घरदेशको ऋण हजुर !!
जे जस्तो समस्या आए पनी गर्नेछु सामाना !
भगवान कसम नबिग्रियोस मेरो दिन हजुर !!
- जूनेलि र अन्धकार रात फरक हुन सक्छ !
मानिस मानिसमा बात फरक हुन सक्छ !!
सबैको शरीरमा बगिरहने खुन उस्तै उस्तै हो !
- दुई मुटु एक धड्कन भयो धेरै पैले देखी !
विशाल घरको आगन भयो धेरै पैले देखी !!
तस्वीरमा कैद गरेझैं जुगौं जुगको लागी !
हाम्रो मायाको जतन भयो धेरै पैले देखी !!

0 Comments